बुधबार , अषोज २८, २०८३

क्रियाशिल सदस्यहरुको सुची सार्वजनीक गर्नुपर्र्नेे माग राख्दै पार्टी केन्द्रिय कार्यालयमा जारि जिल्ला सभापतिहरुको रिले अनसन दोस्रो दिन पनि कायम छ ।

दोस्रो दिन विहिवार जिल्ला सभापति तनहुका बैकुण्ठ न्यौपाने, डोल्पाका अंगतकुमार बुढा र सुर्खेतका कमलराज रेग्मीका साथै सबल काग्रेसका लागि युवा अभियानका तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरि गुरागाई २४ घण्टे अनसनमा बस्नु भएको छ ।
यस अघि भदौ १६ देखि गर्ने भनिएको १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि छिटो नया कार्यतालिका सार्वजनीक गरि महाधिवेशनको सुनिश्चितता गर्न दबाब दिदै सबल काग्रेसका लागि युवा अभियानले नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो ।

क्रियाशिल सदस्यताको सुची सार्वजनीक गर्न माग गर्दै पहिलो दिन वुधवार नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसी धादिङका जिल्ला सभापति रमेश धमला काभ्रेका जिल्ला सभापति मधु आचार्य तथा नेताहरु रन्जित कर्ण र डिल्लीराम सुवेदी रिले अनसनमा बसेका थिए। अनसनरत नेताहरुलाई साथ दिन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोईराला, केन्द्रिय सदस्य डा. शेखर कोइराला, अर्जुन नरसिंह केसि लगाएत एकदर्जन नेताहरु पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका थिए ।

तल्लो तहको अधिवेशन शुरु हुन एकसाता समय बाकी हुदा समेत काग्रेसले क्रियाशिल सदस्यको विवरण सार्वजनीक गरेको छैन । अनसनतर नेताहरुले अविलम्ब क्रियाशिल सदस्यताको सम्पुर्ण सुची सार्वजनीक गर्नु पर्ने पहिलो माग राखेका छन् भने दोस्रोमा क्रियाशिल सदस्यता तहगत निर्णय गरिएको सुचीका त्रुटी, कमिकमजोरी माथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गर्नुपर्ने माग रहेको छ ।

तीन वुदे मागमा सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता आउने गरि निर्वाचन निर्देशिका संशोधन गनुृपर्ने पनि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP