सोमबार , अषोज २६, २०८३

नेपाली राष्ट्रिय फुटबल टोलीको बाँकी प्रशिक्षण कतारमा हुने भएको छ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले बाँकी अभ्यास कतारमा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाली टोली प्रशिक्षणका लागि सेप्टेम्बर १० तारिखमा कतार जानेछ। अक्टोबर १ बाट शुरु हुने साफका लागि नेपाली टोली कतारमा बाँकी अभ्यास गर्नेछ।

प्रशिक्षणमा अहिले २५ खेलाडी रहेका छन्। नेपाली टोली उतैबाट साफका लागि माल्दिभ्स जानेछ। कतार जानुअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल काठमाडौंमा खेल्नेछ। सेप्टेम्बर २ र ५ मा नेपालले दशरथ रंगशालामा भारतसँग खेल्नेछ।

यसअघि, नेपाली टोलीले काठमाडौंमा अभ्यास गरेको थियो। बीचमा प्रशिक्षक अब्दुल्लाह अल मुताइरीको राजीनामा प्रकरणपछि अभ्यास पोखरामा सारिएको थियो। पोखरामा अभ्यासपछि राष्ट्रिय टोली प्रशिक्षणमा कतार जाने भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP