बुधबार , अषोज २८, २०८३

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको बताएका छन् । बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही व्यक्तिको स्वार्थ र अहंकारका कारण पार्टी फुटेको बताएका हुन् ।
आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धताहरु भुलेर पार्टी फुटाइएको उनको भनाइ छ ।

उनले भने, ‘हिजोसम्म हामीसँगै रहेका केही मित्रहरु आन्दोलनको बाटो छोडेर, आन्दोलन हाँक्ने अभिभारा बोकेको पार्टी छोडेर, आन्दोलनको अभिभारा बिर्सिएर, आफ्ना काँधका जिम्मेवारीहरू बिर्सिएर, आफुले हिजो जनताका अगाडी जनाएका प्रतिवद्धताहरु बिर्सिएर, आफुले लिएका सपथहरु बिर्सिएर, कर्तव्य बिर्सिएर, बाटो बिराएर भावावेशमा, अकारण, सैद्धान्तिक मतभेद भएर होईन, कसैले लखेटेर बस्न नसकेर होईन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडी बढिरहेको बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ । तर आन्दोलनलाई नोक्सान पार्ने, कतिसम्म सकिन्छ त्यतिसम्म नोक्सान पार्ने त्यसकाममा लागिरहनुभएको छ । केन्द्र प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरु, जनवर्गीय, पेशागत र सामुदायिक संगठनहरु आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो ।’

एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको उनको भनाइ छ । अध्यक्ष ओलीले आफुहरु हिँडेको बाटो गलत नभएको पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP