बुधबार , अषोज २८, २०८३

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अब आफूहरु सरकारमा जाने बताएका छन् । आज बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता नेपालले सो कुरा बताएका हुन् ।

छुट्टै दलको हैसियत पाइसकेको भन्दै अब शेरबहादुर नेतृत्वको सरकारमा जान कुनै समस्या नभएको पनि नेपालले बताए । ‘अब सरकारमा जान्छौँ, पाँच दलीय गठबन्धन पनि अघि बढ्छ,’ उनले भने, ‘सरकारमा गएर काम गर्न अब बाटो खुलेको छ ।’

नेपालले आफूलाई छाडेर केपी ओलीतिर गएका सहयोद्धाहरु फेरि फर्कनसक्ने बताए । उनले भने, ‘आज सहयोद्धाहरुमध्ये कतिपय मेरो साथमा छैनन् । २०३२ सालका कति सहयोद्धाहरु अहिले साथमा छैनन् । त्यसपछिका कति सहयोद्धाहरु अहिले साथमा छैनन् । फेरि ती सहयोद्धाहरु यात्रामा समावेश हुन सक्नुहुन्छ ।’

पार्टी विभाजनको अन्तिम समयमा साथ छाडेका १० नेताप्रति लक्षित गर्दै नेपालले भने, ‘ती सहयोद्धाको बारेमा मैले गुनासो गर्नुपर्ने केही छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP