आइतबार , भाद्र १४, २०८३

बेलायतले कोरोनाविरुद्ध अस्ट्राजेनेका खोपको १ लाख ३१ हजार मात्रा दिने भएको छ।

बेलायतले नेपाललाई दिने अस्ट्राजेनेका खोप आज (बिहीबार) बेलुकीसम्म काठमाडौं आइपुग्ने बताइएको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार  बेलायतले  १ लाख ३१ जहार २ सय डोज अस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।

‘खोप आजै आउने जानकारी पाएका छौं, त्यहीअनुसार हामीले खोप व्यवस्थापनको तयारी गर्दै छौं,’ उनले भने।

अहिलेसम्म भारतले ११ लाख मात्रा कोभिसिल्ड, चीनले ३४ लाख मात्रा भेरोसेल, अमेरिकाले १६ लाख मात्रा जोन्सन एण्ड जोन्सन, जापानले १६ लाख मात्रा अस्ट्राजेनेका, भुटानले २ लाख ३० हजार मात्रा अस्ट्राजेनेका खोप नेपाललाई सहयोग दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP