बुधबार , अषोज २८, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारबाट निर्माण सम्पन्न नहुँदै उद्घाटन गरिएका आयोजनाको बाँकी कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री  शेरबहादुर  देउवाको  अध्यक्षतामा  बुधबार  बसेको  राष्ट्रिय  पुनर्निर्माण  प्राधिकरणको  २०औँ  निर्देशक  समितिको  बैठकमा  प्राधिकरणका  पदाधिकारीलाई उनले यस्तो निर्देशन दिए ।

बैठकमा प्रधानमन्त्रीले निर्माण सम्पन्न नहुँदै हतार हतारमा उद्घाटन भएका तर काम अझै बाँकी रहेका आयोजनाको  काम  प्रभावकारी  ढङ्गले  सञ्चालन  गर्न  र  त्यसका  लागि  सरकारले  सबै  किसिमको  सहयोग  गर्ने  बताए ।

बैठकले  २०७२  साल  वैशाख  १२  गतेको  महाभूकम्पले  क्षति  पु¥याएको  भौतिक संरचना पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण  प्राधिकरणले  आफ्नो  जिम्मेवारी  सम्बद्ध  निकायलाई  हस्तान्तरणमा  लैजाने  निर्णय  भएको  जानकारी  प्रधानमन्त्री  कार्यालयका  उपसचिव  बद्री  तिवारीले  दिए  ।

बैठकपछि  प्राधिकरणका  प्रमुख  कार्यकारी अधिकृत सुशील ज्ञवालीले पत्रकारहरूसँग कुरा गर्दै बाँकी रहेका पुनर्निर्माणका कार्यहरू सम्बन्धित मन्त्रालयमार्फत गरिने निर्णय पनि भएको छ । उनका अनुसार विपत् व्यवस्थापनसँग सम्बन्धित कामहरू  राष्ट्रिय  विपत्  जोखिम  न्यूनीकरण  तथा  व्यवस्थापन  आयोजनाबाट  समन्वय,  अनुगमन  तथा  व्यवस्थापन गरिने भएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP