नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको विवादका लागि गठन भएको छानविन समितीको प्रतिवेदनले स्पष्ट निर्णय गर्न सकेन । ११ बुँधे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर प्रतिवेदनले दिएको थियो ।
त्यो प्रतिवेदन सार्वजनिक भएको केहि समयमा नै अब्दुल्लाहले आफ्नो सामाजिक सञ्जालमा अर्को पोष्ट राखेका छन । उनले फेसबुकमा आइएम आउट, लेट्स पोलिटिक्स वर्क भनेर लेखेका छन । यसको अर्थ म बाहिरीए, राजनिती गर्नेलाई गर्न देउ भनेर उल्लेख गरेका छन ।
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई प्रशिक्षण दिइरहेका अब्दुल्लाहको यो अभिब्यक्तिले फेरी फुटबल समर्थकमा ठूलो हलचल भएको छ ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवसायिक आचरण र व्यक्तिगत व्यहोरमा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तिरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।
प्रशिक्षक अब्दुल्लहालाई रजिनामासम्बन्धी पोस्ट फेसबुकबाट तत्काल हटाउन, समाजिक सञ्जाल वा अन्य कतै विवादपुर्ण अभिव्यक्ति नदिनका साथै सञ्चारकर्मीलाई एन्फाको सु्चना अधिकारीसँगको अनुमति लिएर मात्रै अन्तवार्ता लिन सुझाव दिइएको छ ।
खेल क्षेत्रनजिक धुम्रपानका कारण समस्या निम्तीएको भन्दै छानबिन समितले त्यससम्बन्धी नियम बनाई लागु गर्न एन्फालाई सुझाव दिएको छ ।