सोमबार , अषोज २६, २०८३

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको विवादका लागि गठन भएको छानविन समितीको प्रतिवेदनले स्पष्ट निर्णय गर्न सकेन । ११ बुँधे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर प्रतिवेदनले दिएको थियो ।

त्यो प्रतिवेदन सार्वजनिक भएको केहि समयमा नै अब्दुल्लाहले आफ्नो सामाजिक सञ्जालमा अर्को पोष्ट राखेका छन । उनले फेसबुकमा आइएम आउट, लेट्स पोलिटिक्स वर्क भनेर लेखेका छन । यसको अर्थ म बाहिरीए, राजनिती गर्नेलाई गर्न देउ भनेर उल्लेख गरेका छन ।

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिमलाई प्रशिक्षण दिइरहेका अब्दुल्लाहको यो अभिब्यक्तिले फेरी फुटबल समर्थकमा ठूलो हलचल भएको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यवसायिक आचरण र व्यक्तिगत व्यहोरमा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तिरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

प्रशिक्षक अब्दुल्लहालाई रजिनामासम्बन्धी पोस्ट फेसबुकबाट तत्काल हटाउन, समाजिक सञ्जाल वा अन्य कतै विवादपुर्ण अभिव्यक्ति नदिनका साथै सञ्चारकर्मीलाई एन्फाको सु्चना अधिकारीसँगको अनुमति लिएर मात्रै अन्तवार्ता लिन सुझाव दिइएको छ ।

खेल क्षेत्रनजिक धुम्रपानका कारण समस्या निम्तीएको भन्दै छानबिन समितले त्यससम्बन्धी नियम बनाई लागु गर्न एन्फालाई सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP