
चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि साविक विजेता ललितपुर प्याट्रियट्सले इंग्ल्यान्डका ब्याटसम्यान एलेक्स ब्लेकलाई अनुबन्ध गरेको छ ।
बुधबार एक विज्ञप्ति निकाल्दै ललितपुरले एलेक्सलाई अनुबन्ध गरेको जानकारी दिएको हो । एलेक्सले टी-२० क्रिकेटमा एक सय ४० खेल खेलिसकेका छन् ।
आगामी असोज ९ देखी २३ गतेसम्म चल्ने ईपीएलमा राष्ट्रिय स्तरका अधिकांश चर्चित र चर्चित विदेशी खेलाडीले खेल्ने तय भैसकेको छ । यसअघि पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदी, अफगानिस्तानका मोहम्मद शहजाद लगायतका खेलाडीले प्रतियोगिता खेल्ने पक्का भैसकेको छ ।