मंगलबार , बैसाख २९, २०८३

ठोकर्पाबाट कालिका हुँदै काठमाण्डाै जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएकाे छ । कोशीपारि यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोसी ३ छापमा दुर्घटना भएको हो ।

दुर्घटनामा ४१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस्नेतका अनुसार १८ जनाका सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जनाकाे मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जनाकाे धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ ।

धुलिखेल अस्पताल काभ्रेमा उपचारका क्रममा ज्यान गुमाउनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका राजन बराम र एक जनाकाे सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP