बुधबार , अषोज २८, २०८३

नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । माधव नेपालको नेतृत्वमा उक्त दल दर्ता भएको हो । आयोगले दलको प्रमाणपत्र आजै दिने तयारी गरेको छ । माधव नेपालको दलमा हस्ताक्षर गर्न पुगेका सोमप्रसाद पाण्डेको हस्ताक्षर भने आयोगले सनाखत गरेन । दल विभाजनको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको दिन पाण्डेको हस्ताक्षर नभएकोले आयोगले आज उनको हस्ताक्षर सनाखत गरेन ।

रोचक त के भने पाण्डे माधव नेपालका सम्धी हुन् । लामो समयसम्म नेता पाण्डेले सम्धीसमेत रहेका माधव नेपाललाई साथ दिएका थिए । तर, दल विभाजनको लागि भने उनले नेता नेपाललाई साथ दिएनन् । कतिपयले भने आज पाण्डेले दोहोरो चरित्र देखाएको पनि टिप्पणी गरेका छन् । उनी आफ्नो सनाखत नहुने थाहा पाउँदा पाउँदै पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आयोग गएको बताईएको छ ।

आयोगका पदाधिकारीसँग भने अध्यक्ष नेपालले पनि सोमप्रसाद पाण्डेसहित अन्य नेताहरुको सनाखतको लागि आग्रह गरेका थिए । त्यतिवेला नेपाल र आयोगका पदाधिकारबीच चर्काचर्की नै परेको थियो । एमालेभित्र भने पाण्डेले आज निर्वाचन आयोगमा पुगेर सम्धी नेपालप्रति सहानुभूति मात्रै देखाएको टिप्पणी गरेका छन् । स्वयम माधव नेपालनिकट नेताहरुले पनि सम्धी पाण्डेले समेत माधव नेपाललाई धोका दिएको रुपमा चित्रण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP