शनिबार , भाद्र १३, २०८३

अफगानिस्तानबाट मंगलबार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार जोर्डन एभीएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट ९ जना गरी ११२ जना नेपाली नागरिकको उद्धार गरिएको हो । योसँगै हालसम्म अफगानिस्तानबाट ७७० जना नेपाली नागरिकको उद्धार भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका नेपाली नागरिकलाई सामाखुसीस्थित होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षण लगायतका प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र भारतको नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP