मंगलबार , अषोज २७, २०८३

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान हुँदा एक जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।

पहिचान नखुलेका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार वेलुकी गोली हानाहान हुँदा एक अफगान सुरक्षाकर्मीको मृत्यु भएको हो भने अन्य तीन जना घाइते भएका छन् ।

गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । गत हप्ता अर्थात अगस्ट १५ मा तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिदै आएको छ ।

नेटोका आधिकारीले विमानस्थल आसपासको क्षेत्रमा गत हप्ताभरमा गोलीकाण्ड तथा भागदौडका कारण कम्तीमा २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP