
वि.सं.२०७८ साल भदौ ०८ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि– द्वितीया, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त तृतीया । नक्षत्र– पूर्वाभाद्रपदा, बेलुकी ०९ बजेर ०८ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–सुकर्मा, बिहान ०९ बजेर १३ मिनेट उप्रान्त धृती । करण– गर, बेलुकी ०४ बजेर १७ मिनेट उप्रान्त वणिज, रातको ०४ बजेर २२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–कुम्भ, दिउसो २ बजेर ५७ मीन ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) लामो दुरीको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । सामाजिक कामहरू गर्न सकिने हुनाले मान मर्यादामा वृद्धि हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम गर्ने सवालमा आलोचनाको सिकार हुँदा मन खिन्न हुनेछ । स्वास्थ्यमा समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक सम्वन्ध,दाम्पत्य जीवन तथा माया प्रेममा सामीप्य बढेर जानेछ । पारिवारिक जमघटमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।