मंगलबार , बैसाख २९, २०८३

अफगानिस्तानबाट सोमबार १ सय ४९ नेपाली काठमाडौं आइपुगेका छन्। योसहित अहिलेसम्म कुल ६ सय ५४ जना नेपालीको अफगानिस्तानबाट उद्धार भएर नेपाल आइपुगेका छन्।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट नेपालीको उद्धार र स्वदेश फिर्ती जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार आइतबार राति फ्लाई दुबईको उडानबाट ३९ जना, सोमबार टर्किस एयरबाट ७ जना र  कतार एयरको उडानबाट १ सय ४ जना स्वदेश फर्किएका छन्।

काठमाडौं उत्रिएका उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।अफगानिस्तानबाट उद्धार गरिएका कैयौं नेपाल दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका र उनीहरूलाई स्वदेश ल्याउन प्रयास गरिरहेको पनि मन्त्रालयले उल्लेख गरेको छ।

परराष्ट्रको वेब पोर्टलमा सोमबार बेलुकी ५ बजेसम्म थप ३ सय ६१ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। काबुलमा नागरिक उड्डयन सेवाको जहाज अवतरण अनुमति नपाएकाले त्यहाँ रहेका बाँकी नेपालीको उद्धारका लागि अमेरिका, बेलायतलगायत मित्रराष्ट्रसँग सहकार्य र समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP