शनिबार , भाद्र १३, २०८३

थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ। जिल्लाको टीकापुर घटना घटेको छैठौं वर्षको अवसरमा मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो।संविधान लेखनको क्रममा २०७२ भदौं ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक र ७ प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घटेको थियो। त्यसको भोलिपल्ट भदौ ८ गते कफ्र्यू जारी गरिएको अवस्थामा थारु समुदायका ८० भन्दा बढी घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि गरिएको थियो। थरुहट मोर्चाले भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको छ।

टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं।१ बाट निर्वाचित निलम्बित सांसदसहित राजबन्दीहरुलाई विना शर्त रिहाइ गरिनुपर्ने, राज्यको हरेक निकायमा पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गरिनुपर्ने, कञ्चनपुरदेखि नवलपरासीसम्म थरुहट प्रदेश कायम गरिनुपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै प्रदर्शन पटक–पटक प्रदर्शन गदैँ आएको छ।

विरोधसभामा थरुहट नेता कृष्णा चौधरी, गयाप्रसाद कुश्मी, मोर्चाको जिल्ला संयोजक माधब चौधरी, थरुहट नेता शुसिला चौधरी लगायतले मनतव्य व्यक्त गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP