शुक्रबार , भाद्र १२, २०८३

अफगानिस्तानको पंजशीर घाटी अब अफगानिस्तानमा तालिबान विरुद्ध प्रतिरोधको अन्तिम इलाका हो ।

यहाँ अहमद मसूदको नेतृत्वमा तालिबान विरोधी शक्तिको एउटा मोर्चा उदाइरहेको देख्न सकिन्छ ।

पंजशीरमा संगठित भइरहेका तालिबान विरोधी मोर्चाका प्रवक्ताका अनुसार उनको गुट ‘युद्ध अघि कुराकानीमार्फत् शान्ति स्थापना गर्न चाहन्छ’ ।

नेशनल रेजिस्टेन्स फ्रन्टका सदस्य अली नजिरीले बीबीसीसँगको कुराकानीमा तालिबान विरोधी नेता मरहूम अहमद शाह मसूदका छोरा अहमद मसूदको नेतृत्वमा हज्जारौं लडाकू त्यहाँ जम्मा भएको जानकारी दिए ।

नजिरीले तालिबानसँग सार्थक कुराकानीको महत्वमा जोड दिँदै भने, ‘अहमद मसूदका साथी युद्धका लागि तयार छन् ।’

उनले भने, ‘नेशनल रेजिस्टेन्स फ्रन्टको मान्यता यो छ कि स्थायी शान्तिका लागि अफगानिस्तानको मूलभूत समस्याको समाधान आवश्यक छ । मुलुकमा हामी पछिल्लो ४० वर्ष वा सय वर्ष वा २०० वर्षदेखि जुन बाटोमा हिँडिरहेका थिए, हामी त्यो बाटो मा अब हिँड्न सक्दैनौं ।’

उनले देशको सबैभन्दा ठूलो समस्या केन्द्रीकृत राजनीतिक व्यवस्था भएको बताएका छन् ।

‘अफगानिस्तान विभिन्न जातीय अल्पसंख्यकको देश हो । यो थुप्रै संस्कृतिको घर हो । यहाँ सत्तामा साझेदारीको आवश्यकता हो । सत्ताको यस्तो विभाजन जहाँ हरेकले आफूलाई सरकारमा देख्न सकून् । यदि कुनै राजनीतिक शक्ति हानी हुन चाहन्छ भने त्यो चाहे जहिलेसुकै होस्, त्यसले गृहयुद्धलाई बढाउनेछ र हालको लडाईं जारी रहनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 128 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP