उनले सोचेभन्दा निकै कम संख्याका सांसदहरुले मात्र साथ दिने अवस्था बनेको छ । नेपाल पक्षमा ३१ सांसद रहेको दाबी गरिएको छ । त्यसको टुंगो ९ भदौमा हस्ताक्षर सनाखतले लगाउनेछ । अब माधव नेपालसँग एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कोही पनि पदाधिकारी र स्थायी कमिटी सदस्य नहुने निश्चित भएको छ ।
विश्वस्त स्रोतका अनुसार रावलसहितका नेताहरु ब्याक भएपछि पार्टी विभाजनको पक्षमा गएका केही केन्द्रीय सदस्य र सांसद फर्कने तयारीमा छन् । यसले नेता नेपाल अप्ठ्यारोमा परेका छन् ।
माधव नेपालले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर एमाले एकताको सम्भावनाबारे छलफल गरेका छन् । उनले एकताका लागि केही शर्त राखेको बुझिएको छ ।