बुधबार , अषोज २८, २०८३

भीम रावलसहितका हस्तीहरु नेकपा एमालेमै रहने भएपछि प्रस्तावित नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाललाई धक्का लागेको छ । नेपाल पक्षमा लामो समय रहेका रावलसहितका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौत गरी एमालेमै रहने निर्णय लिएपछि धक्का लागेको हो ।

ओलीले यसअघि एमाले एकताका लागि कार्यदलले दिएको १० बुँदे सुझाव कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भोलि स्थायी कमिटी बैठकबाट त्यसलाई पारित पनि गर्ने भएका छन् । सहमति अनुसार एमालेको संगठन २ जेठ २०७५ को अवस्थाकै रहनेछ ।यो सहमतिपछि विगतमा माधव नेपाल पक्षबाट नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवाराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत शक्तिशाली नेताहरु एमालेमै रहने भएका छन् । यसले पार्टी फुटाएका माधव नेपाल अप्ठ्यारोमा परेका छन् । उनलाई आफ्नैले साथ छाडेर लगभग एक्लाइदिएका छन् ।

उनले सोचेभन्दा निकै कम संख्याका सांसदहरुले मात्र साथ दिने अवस्था बनेको छ । नेपाल पक्षमा ३१ सांसद रहेको दाबी गरिएको छ । त्यसको टुंगो ९ भदौमा हस्ताक्षर सनाखतले लगाउनेछ । अब माधव नेपालसँग एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कोही पनि पदाधिकारी र स्थायी कमिटी सदस्य नहुने निश्चित भएको छ ।

विश्वस्त स्रोतका अनुसार रावलसहितका नेताहरु ब्याक भएपछि पार्टी विभाजनको पक्षमा गएका केही केन्द्रीय सदस्य र सांसद फर्कने तयारीमा छन् । यसले नेता नेपाल अप्ठ्यारोमा परेका छन् ।
माधव नेपालले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर एमाले एकताको सम्भावनाबारे छलफल गरेका छन् । उनले एकताका लागि केही शर्त राखेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP