मंगलबार , अषोज २७, २०८३

सरकारले अफगानिस्तातबाट स्वदेश फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ । नेपालमा ५ वर्षमुनीका बालबालिकालाई मात्रै पोलियो थोपा खुवाउने प्रचलन भएपनि सरकारले अफगानिस्तानबाट फर्किनेको हकमा भने सबै उमेर समूहका लागि पोलियो थोपा खुवाउन सुरु गरेको हो ।

पोलियोको उच्च जोखिम भएको देशमध्ये अफगानिस्तान पनि पर्ने भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार सोमबार अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका १५० जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोलियो थोपा खुवाइनेछ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसपछि आफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको उनको भनाइ छ ।

यसभन्दा अघि स्वदेश फिर्ता भएका नेपालीलाई पायक पर्ने खोप केन्द्रमा पुगेर पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको डा. गौतमले जानकारी दिए । अफगानिस्तानबाट हालसम्म ५ सय ४ जना नागरिक स्वदेश फर्किसकेका छन् ।

यस्तै अफगानिस्तानबाट स्वदेश फिर्ता भएकालाई कोरोनाविरुद्धको खोप पनि अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP