शनिबार , बैसाख ६, २०८२

सरकारले अफगानिस्तातबाट स्वदेश फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन सुरु गरेको छ । नेपालमा ५ वर्षमुनीका बालबालिकालाई मात्रै पोलियो थोपा खुवाउने प्रचलन भएपनि सरकारले अफगानिस्तानबाट फर्किनेको हकमा भने सबै उमेर समूहका लागि पोलियो थोपा खुवाउन सुरु गरेको हो ।

पोलियोको उच्च जोखिम भएको देशमध्ये अफगानिस्तान पनि पर्ने भएकाले त्यहाँबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

उनका अनुसार सोमबार अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका १५० जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पोलियो थोपा खुवाइनेछ ।

विश्व स्वास्थ्य संगठन अन्तर्गतको आइएचआर इन्टरनेशनल हेल्थ रेगुलेसनको सिफारिसपछि आफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो थोपा खुवाउन लागिएको उनको भनाइ छ ।

यसभन्दा अघि स्वदेश फिर्ता भएका नेपालीलाई पायक पर्ने खोप केन्द्रमा पुगेर पोलियो थोपा खुवाउने व्यवस्था मिलाएको डा. गौतमले जानकारी दिए । अफगानिस्तानबाट हालसम्म ५ सय ४ जना नागरिक स्वदेश फर्किसकेका छन् ।

यस्तै अफगानिस्तानबाट स्वदेश फिर्ता भएकालाई कोरोनाविरुद्धको खोप पनि अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP