मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार दलहरुबीच सरकारलाई विस्तार गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ । अब नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकिकृत समाजवादी खोल्न लागेका माधवकुमार नेपालको दल दर्ता भए लगत्तै सरकारले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ ।

निर्वाचन आयोगले यो दल दर्ताको प्रमाणपत्र आगामि बुधबार दिनसक्ने अनुमान गरिएको छ । ९ भदौका लागि निर्वाचन आयोगले प्रस्तावित एकिकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि निर्वाचन आयोग बोलाएको छ ।

यसअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएको यो समूहबाट सरकारमा अब ६ जना मन्त्री हुने भएका छन् । प्रधानमन्त्री देउवाले कांग्रेसलाई ७ र सत्ता साझेदार माओवादी केन्द्र, जसपा र माधव नेपाल समूहलाई १८ मन्त्रालय बराबरी रुपमा भाग लगाउने भएका छन् ।

‘सरकार विस्तारको काम सम्भवतः यही साताको अन्त्यमा वा अर्को साताको सुरुवातमा नै भइसक्छ,’ देउवानिकट एक कांग्रेस नेताले  भने, ‘सरकारमा आउन माधवकुमार नेपाल समूहलाई कुरिरहेकाले पनि अहिलेसम्म सरकार विस्तार हुन नसकेको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP