शनिबार , भाद्र १३, २०८३

राष्ट्रिय  परीक्षा  बोर्डले  कक्षा  १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले   कोरोना   भाइरसविरुद्धको   खोप   लगाउने   वातावरण   बनेपछि   अब   दशैँ   अगावै   परीक्षा   हुन   सक्ने   अवस्था   सिर्जना   भएको   जानकारी   बोर्डका   अधिकारीहरूले दिएका छन् ।

११  र  १२  हेर्ने  परीक्षा  नियन्त्रक  कृष्णप्रसाद  शर्माले  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा  रहेको  जानकारी  दिए  ।

सीसीएमसीसित  अनुमति  लिएपछि  १५  दिनको  अग्रिम  सूचना  दिएर  विद्यार्थीका  लागि  परीक्षाका  बारेमा  सूचित  गरिने  उनले  बताए  ।  राजधानी  र  सहरी  क्षेत्रमा  अध्ययन  गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले  अनुमति  दिएमा  स्वास्थ्य  सुरक्षाको  मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै  समस्या  नभएको  परीक्षा  नियन्त्रक  शर्माले  स्पष्ट  गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप  कक्षा  १२  मा  अध्ययन  गर्ने  विद्यार्थीलाई  उपलब्ध  गराएको छ ।

यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा,  विज्ञान  तथा  प्रविधि  मन्त्रालय  र  स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP