शनिबार , भाद्र १३, २०८३

ईशा फाउन्डेशन नामक लाभरहित मानव सेवी संस्थाका संस्थापक जग्गी वासुदेव ‘सद्गुरु’ नेपाल आएका छन्।

योग, ध्यान सिकाउनुका साथै सामाजिक एवं सामुदायिक विकास योजनाका कामहरु पनि गर्ने संस्थाका संस्थापक सद्गुरु शनिबार साँझ नेपाल आएका हुन्। लेखन कार्यमा पनि सक्रिय उनी एक प्रसिद्ध लेखक हुन्। नेपालमा पनि उनका अनुयायी प्रशस्त छन्। उनले ८ भाषामा १०० भन्दा धेरै पुस्तकको रचना गरेका छन्।

ईशा फाउन्डेसनले भारतसहित, संयुक्तराज्य अमेरिका, इंग्ल्याण्ड, लेबनान, सिंगापुर एवं अष्ट्रेलियामा योग सिकाउँछ।

यसपटक स्वामी सद्गुरु कैलाश मानसरोवर यात्राका लागि नेपाल आएका हुन्। नेपाल आएपछि उनले पवित्र नेपालमा टेक्न पाउँदा गर्व लागेको प्रतिक्रिया देएका छन्।

सामाजिक संजाल ट्वीटरमा एक ट्वीट गर्दै उनले कोभिडका कारणले यसअघिनै तय भएको तिर्थयात्रा रोकिए पनि अहिले तिर्थयात्रा गर्न नेपाल आउँदा उत्साही भएको पनि प्रतिक्रिया दिएका छन्।

को हुन् सद्गुरु ?
सद्गुरु जग्गी वासुदेवको जन्म ५ सेप्टेम्बर १९५७ मा कर्नाटक राज्यको मैसुर सहरमा भएको हो। उनका पिता डाक्टर थिए। बालक जग्गीलाई प्रकृतिसँग लगाव थियो।

उनी यदाकदा केही दिनको लागि जंगलमा गायब हुन्थे। जहाँ उनी अग्ला–अग्ला रुखका हाँगाहरूमा बसेर हावाको आनन्द लिन्थे, साथै अनायासै गहिरो ध्यानमा प्रवेश गर्दथे।

जब उनी घर फर्कन्थे उनको झोलामा साँपहरु भरिएका हुन्थे, जसलाई समाउन उनी माहिर थिए । ११ वर्षको उमेरमा जग्गी वासुदेवले योगको अभ्यास गर्न सुरु गरे। यिनका योग शिक्षक थिए श्री राघवेन्द्र राव, जसलाई मल्लाडिहल्लि स्वामीको नामले चिनिन्छ।

मैसूर विश्वविद्यालयमा उनले अंग्रेजी भाषामा स्नातकको उपाधि प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP