शनिबार , भाद्र १३, २०८३

विद्यार्थी नै नभएको विद्यालयमा करार दरबन्दीमा शिक्षक नियुक्ति गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं प्रतिवेदनमा विद्यार्थी नभएका उक्त विद्यालयहरुका शिक्षकका लागि स्थानीय सरकारले तलब भत्ताका लागि निकासा गरेको उल्लेख गरेको छ ।

प्रतिवेदनका अनुसार मनाङको नार्पा भूमि गाउँपालिकाले  फू आधारभूत विद्यालयमा बालविकास बाहेकका एकजना पनि विद्यार्थी नभएको विद्यालय लागि दुई स्थायी र एक करार शिक्षकको तलब भत्ता लगायतको सुविधको लागि वार्षिक १२ लाख ६५ हजार निकासा गरेको पाइएको जनाएको छ ।

त्यस्तैगरी ङीस्याङ गाउँपालिका अन्तर्गतको ङावल आधारभूत विद्यालयमा एकजना पनि विद्यार्थी नभएको विद्यालयका ८ जना स्थायी शिक्षकको तलब भत्ता लगायतको सुविधाका लागि ३५ लाख ८६ हजार निकासा दिएको छ । एक जना पनि विद्यार्थी नभएको विद्यालयमा समेत करारको शिक्षक नियुक्ति गरेको देखिएको छ ।

यस्तो अवस्थामा विद्यालय गाभ्ने तथा शिक्षक दरबन्दी अन्य विद्यालयमा मिलान गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP