शुक्रबार , भाद्र १२, २०८३

अफगानस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद सहजादले चितवन टाइर्गसबाट इपिएल खेल्ने भएका छन् । ३४ वर्षीया मोहम्मदले पहिलोपटक नेपालमा खेल्ने पक्का भएको हो ।

चौथो संस्करणको इपएिलमा यस वर्ष चर्चित विदेशी खेलाडी आउने क्रम जारी छ । प्रतियोगितामा नेपालका प्रमुख ६ सहरहरुको प्रतिनिधित्व गर्दै फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् ।

सहजाद यसअघि पनि चितवन टाइर्गसमा आबद्ध भएका थिए । कोरोना भाइरसको महामारीका कारण इपिएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आउन पाएका थिएनन् ।

सहजाद अफगानी क्रिकेट टोलीका प्रमुख सदस्य मानिन्छन् । दायाँहाते ब्याट्सम्यान उनले २०१० देखि टी–२० विश्वकप खेलिसकेका छन् ।

सहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी टी–२० लिग, अफगनस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ ।

‘काठमाडौंमा छक्काको वर्षा गर्न आतुर छु । नेपालका प्रशंसक विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ मोहम्मदले भनेका छन् ।

इपिएल आगामी असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP