शनिबार , बैसाख ६, २०८२

अफगानस्तानका विकेटकिपर तथा ब्याट्सम्यान मोहम्मद सहजादले चितवन टाइर्गसबाट इपिएल खेल्ने भएका छन् । ३४ वर्षीया मोहम्मदले पहिलोपटक नेपालमा खेल्ने पक्का भएको हो ।

चौथो संस्करणको इपएिलमा यस वर्ष चर्चित विदेशी खेलाडी आउने क्रम जारी छ । प्रतियोगितामा नेपालका प्रमुख ६ सहरहरुको प्रतिनिधित्व गर्दै फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् ।

सहजाद यसअघि पनि चितवन टाइर्गसमा आबद्ध भएका थिए । कोरोना भाइरसको महामारीका कारण इपिएल स्थगित हुँदा उनी २०१९ मा नेपाल आउन पाएका थिएनन् ।

सहजाद अफगानी क्रिकेट टोलीका प्रमुख सदस्य मानिन्छन् । दायाँहाते ब्याट्सम्यान उनले २०१० देखि टी–२० विश्वकप खेलिसकेका छन् ।

सहजादसँग बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, अबुधावी टी–२० लिग, अफगनस्तान प्रिमियर लिगमा खेलेको अनुभव छ ।

‘काठमाडौंमा छक्काको वर्षा गर्न आतुर छु । नेपालका प्रशंसक विश्वकै धैर्यवान प्रशंसक हुन् । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ मोहम्मदले भनेका छन् ।

इपिएल आगामी असोज ९ देखि २३ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP