मंगलबार , बैसाख ९, २०८२

लागुऔषधसहित रौतहट एक्सप्रेसका संचालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई प्रहरीले केही दिन अगाडी पक्राउ गरेको थियो । पत्रकार मोजिबुल्लाहलाई प्रहरीले नै फसाउन खोजेको भन्दै पत्रकार महासंघ रौतहटले घुमुवा प्रहरीमाथि छानविन गर्न माग गरेको छ ।

पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागुपदार्थ राखेर पक्राउ गर्न लगाएको महासंघले जनाएको छ । उनको मोटरसाइकलमा लागुऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागुऔषध बाँधेको देखिन्छ ।

घुमुवाकै योजनामा नाटकीय ढंगले पक्राउ गरिएका पत्रकार मोजिबुल्लाह लागुऔषधको कारोबारमा संलग्न भनेर प्रहरीले प्रचार गरेको थियो । मोजिबुल्लाको साथै मोटरसाइकल चलाउने सहकर्मी राजपुर नगरपालिका–७ का शेख गुलाबलाई समेत पक्राउ गरेर हिरासतमा राखेको छ । घटनापछि जिल्लाभरिका पत्रकार भेला भएर सीसीटीभी फुटेज हेरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP