आइतबार , जेठ २६, २०८२

अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छाड्ने क्रम जारी छ। सोही क्रममा कतार हुँदै नेपालीहरु पनि आउने क्रम जारी रहेको छ। सरकारले अफगानिस्तानबाट स्वदेश आउन चाहनेहरुका लागि सम्पर्क गर्न सहजीकरण गरिरहेको जनाएको छ।

तालिवानले पनि देश छाड्न चाहनेहरुलाई कुनै बाधा नदिने जनाएको थियो। अगस्ट १५ मा अफगानिस्तान तालिवानले कब्जामा लिएको थियो।

सोही क्रममा काबुलबाट ताजकिस्तान पुगेका दुई नेपाली एअर इन्डियाको जहाजबाट फर्किँदैछन्। उनीहरु भारतको नयाँ दिल्ली पुगेर काठमाडौं आइपुग्ने बताइएको छ। उनीहरु ताजकिस्तानमा कसरी पुगे भन्ने कुनै कुरा खुलाइएको छैन।

भारतको विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीका अनुसार दुइ नेपाली एअर इन्डियाको विमानबाट ताजकिस्तानबाट नयाँ दिल्ली आउँदैछन्। उक्त विमानमा ८७ जना भारतीय रहेको उनले ट्वीट्मार्फत जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP