मंगलबार , बैसाख २९, २०८३

यस वर्षको जनै पूर्णिमा आज मनाइँदैछ । जनै पूर्णिमामा मान्यजनबाट जनै तथा डोरो लगाउने परम्परा रहेको छ । साथै क्वाँटी खाने पर्वका रुपमा पनि यसलाई चित्रण गरिएको पाइन्छ ।

विभिन्न प्रकारको गेडागुडीलाई भिजाएर टुसाएपछि क्वाँटीको रुपमा पकाएर खाने चलन रही आएको छ ।

पोषणविदहरूका अनुसार, क्वाँटी खाँदा स्वास्थ्यलाई विशेष किसिमको फाइदा हुन्छ । ९ प्रकारका गेडागुडी मिसाएर बनाइने क्वाँटीको सेवनले शरीरको पाचन प्रणालीलाई सक्रिय बनाउने पोषणविद्हरू बताउँछन् ।

के फाइदा ? 
कमजोरीपना हटाउन सहयोग
ज्वरो, रुघाखोकी लगायतलाई दूर भगाउन
पाचन प्रणाली तन्दुरुस्त राख्न
रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा गर्छ,
कब्जियतको समस्या हटाउँछ

कसरी बनाउने क्वाँटीको रस ?
सोल्टी क्राउन प्लाजाका सेफ आर.बी बुढाथोकीका अनुसार क्वाँटी बनाउने विधि :

चाहिने सामाग्री (मिक्स गेडागुडी भिजाएर उमारेको आधा केजी, तेल ३ चिया चम्चा, अदुवा लसुन एक चिया चम्चा, प्याज काटेको एक पिस, गरम मसला मिक्स होल ५ ग्राम, नुन स्वाद अनुसार, गोल्भेडा काटेको २ पिस, धनिया काटेको आधा मुठा, गरम मसलाको धुलो आधा चिया चम्चा, हरियो खुर्सानी ३ पिस, जीरा धनियाँको धुलो आधा चिया चम्चा, भेज स्टक या तातो पानी डेढ लिटर

विधि( प्रेसर कुकर राम्ररी तताएर तेल हाल्नुस र गरम मसला, तेज पात अदुवा लसुन हालेर प्याज खन्याउनुस । प्याज खैरो हुनासाथ उम्रेको गेडागुडी हाल्दिनुस र साथमा गोल्भेडा, मसला खुर्सानी र नुन हाली चलाउनुस र पानी या स्टक हालेर उमाल्नुस र प्रेसर कुकर लक गरेर ३ या ४ सिठ्ठी लगाउनुस  । अन्तमा धनियाँ हालेर भुजासँग या त्यतिकै सुपको रुपमा खाना सकिन्छ । एवं तवरमा राजमा, केराउ या कुनै पनि गेडागुडीको रस घरमै सहज रुपमा तयार गरेर खान सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP