मंगलबार , बैसाख २९, २०८३

रक्षा बन्धनको विशेष पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्ड मेला भर्नका लागि भक्तजन आउने क्रम जारी छ । कोभिड सङ्क्रमणका कारण गोसाइँकुण्ड क्षेत्र विकास समितिले औपचारिक मेला स्थगन गरे पनि आन्तरिकरुपमा भक्तजन गोसाइँकुण्ड गइरहेका छन् ।

भोलि जनै पूर्णिमा पर्वका लागि पवित्र कुण्डमा स्नानका लागि करिब दुई हजार भक्तजन निलाद्री पर्वतको तीर्थ प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख  देवेन्द्र पाण्डेले जानकारी दिए । बढ्दो कोरोना सङ्क्रमणप्रति सजगता अपनाउँदै मास्क लगाउन, सामाजिक दूरी कायमको जागरण एवं धार्मिक मार्गको सुरक्षा व्यवस्था मजबुत पार्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी गस्ती परिचालन गरिएको प्रहरी प्रमुख पाण्डेले बताए ।

औपचारिक रूपमा मेला स्थगन भए पनि तीर्थका लागि एक्कासी यात्रुको चाप बढेका कारण उच्च भागमा लेक लागेर पर्न सक्ने समस्यालाई दृष्टिगत गरी सुरक्षा व्यवस्थाका साथै नेपाली सेनाको उद्धार टोलीसमेत तयार गरिएको प्रजिअ ईश्वरीप्रसाद ढकालले जानकारी दिए।

सामाजिक दूरी कायम गराउने कार्यमा सशस्त्र प्रहरीसहितको सुरक्षा अङ्ग परिचालन गरिरहेको बताइएको छ । समुद्र मन्थन गर्दा निस्केको कालकुट सेवन गरी प्राणी जगतलाई रक्षा गर्ने महादेव शिवको दर्शन गर्न जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने धार्मिक मान्यताअनुरुप भक्तजनले विशेष पर्वमा स्नान गर्न निलाद्री पर्वत पुग्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP