शनिबार , भाद्र १३, २०८३

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठ विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र श्रेष्ठले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालप्रति कटु वचन प्रयोग गरेका छन् ।

काठमाडौं, क्षेत्र नं ९ र १४ नम्बर वडा पार्टी कार्यालयको संयुक्त उदघाटनमा बोल्दै श्रेष्ठले प्रचण्डलाई मान्छे नमारी भातसमेत नरुच्ने मान्छे भने । उनले प्रचण्डबारे भने, ‘मान्छेको हत्या नगरी भातसमेत नरुच्ने मान्छेलाई पार्टी अध्यक्ष स्वीकार्ने काम भयो, त्यो गलत थियो ।’ प्रचण्ड बाहिरिएको भन्दै त्यसले ठिक भएको बताए ।

श्रेष्ठले माधव नेपाललाई ‘विषालु सर्प’ को संज्ञा दिए । उनले विषालु सर्प बाहिरिएकाले अब एमाले शुद्ध हुने बताए । विषालु सर्प एमालेबाट बाहिरिएको छ, अब एमाले शुद्धीकरण भई सशक्त रुपमा बढ्छ । पार्टीका कतिपय कार्यालयहरु माधव नेपाल पक्षले हडप्न खोजेको भन्दै आलोचना गरे । माधव नेपाल समूहलाई ‘दुष्टहरुको झुण्ड’ भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP