शनिबार , भाद्र १३, २०८३

वाग्मती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष के पी शर्मा ओली र माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको दाबी गरेकी छिन्। लामो समयदेखि माधव नेपाल समुहमा रहेर काम गरेकी शाक्य पछिल्लो समय ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री भएको चर्चा भैरहेको बेलामा शाक्यको यस्तो स्पष्टिकरण आएको हो।

आज (शनिबार) नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने समेत बताइन्।

शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिरबाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गरिन्। शाक्य पछिल्लो समय पार्टी एकताको पक्षमा छिन्। उनले केहि समयपछि एमाले एकताबद्ध भएर अघि बढ्ने समेत बताईन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP