
वाग्मती प्रदेशकी नव नियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अध्यक्ष के पी शर्मा ओली र माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको दाबी गरेकी छिन्। लामो समयदेखि माधव नेपाल समुहमा रहेर काम गरेकी शाक्य पछिल्लो समय ओलीको पक्षमा लागेपछि मुख्यमन्त्री भएको चर्चा भैरहेको बेलामा शाक्यको यस्तो स्पष्टिकरण आएको हो।
आज (शनिबार) नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन्। उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै सिंगो पार्टीले एकतामा ध्यान दिनुपर्ने समेत बताइन्।