मंगलबार , बैसाख ९, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालको राजनीति निर्वाचन उन्मुख भएको बताउनुभएको छ ।

एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले र ओलीको नेतृत्वमा चुनाव भयो भने दुई तिहाइ बहुुमत ल्याउने डरले आत्तिएकाहरुले अलोकतान्त्रिक गठबन्धन बनाएको दाबी गर्नुभये । तर अब आउने चुनाव एमालेको हुने उहाँको भनाइ थियो ।

भोट माग्न सबै दललाई छुट भए पनि अस्थिरताका मतियार, भ्रष्टाचार र अलोकतान्त्रिक दलहरुलाई जनताले भोट दिन्छन् भन्ने नसोचे हने ओलीको दाबी थियो ।

आफू नेतृत्वको सरकारको लोकप्रियता देखेर नेकपा एमालेलाई कमजोर बनाउन र ध्वस्त बनाउन शक्तिहरु लागिपरेको उहाँको भनाइ थियो । तर ओली भन्नुभयो एमाले कर्कलाको पानी होइन, हावा चल्दैमा खसिहाल्ने । सुखी नेपाली समृद्ध नेपालको सपना बोकेर अघि बढेको पार्टी हो । जेलनेल भोगेर अघि बढेका नेताहरुको पार्टी हो ।

जहाँ नेपाली पुगेका छन् त्यहाँ नेकपा एमाले छन् भन्दै अध्यक्ष ओलीले २० प्रतिशत चोइटिदैमा एमालेलाई केही नहुने बताउनुभयो । एक दुई दिनमा १० प्रतिशतमा सीमित हुने उहाँको भनाइ थियो ।

एमालेका विरुद्ध सिंगो सरकार लागिपरेको बताउदै उहाँले संविधान र लोकतन्त्र विरोधी सरकारको गतिविधि महँगो पर्ने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP