मंगलबार , अषोज २७, २०८३

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ।

सत्तापक्षको दबाबमा आयोगले आजै नयाँ दल दर्ताको प्रमाणपत्र दिने गरी काम गरिरहेको श्रोतले बतायो।

भोलि शनिबार र त्यसपछिका दुई दिन सार्वजनिक बिदा हुने भएकाले आजै अवेरसम्म भए पनि माधव समूहले नयाँ दल दर्ताको प्रमाणपत्र पाउने गरी काम अघि बढेको छ।

श्रोतका अनुसार मावध पक्षले बिहीबार नै नेपाल कम्युनिष्ट पार्टी समाजवादी नाम राख्ने गरी दल दर्ताकाे निवेदन सच्याइसकेका छन्।

यसअघि नेकपा एमाले समाजवादी नाम राखेर निवेदन दर्ता गराइएको भए पनि आयोगले एमालेसँग जुधाएर नयाँ दल दर्ता गर्न नमिल्ने भनेपछि सच्याइएको हो।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ सा‌सदलाई पदमुक्त भएकाे बारे सूचना टाँस गर्न सभामुख अग्नि सापकाेटालाई निरन्तर दबाब दिइरहेकाे छ।

सभामुखलाई दबाब थेग्न सकस परेपछि जतिसक्दाे चाँडाे माधव नेपालकाे दल दर्ता गरेर एमालेकाे कारबाही निष्प्रभावी पार्ने याेजनामा सत्ता गठबन्धन छ।

बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरिसकेकाे छ।

उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ। राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका माधव पक्ष र महन्थ पक्षकाे मागबमाेजिम दल दर्ताको मार्ग प्रशस्त भएको छ।

यसअघि नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP