मंगलबार , बैसाख ९, २०८२

निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुर पक्षलाई आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ।

सत्तापक्षको दबाबमा आयोगले आजै नयाँ दल दर्ताको प्रमाणपत्र दिने गरी काम गरिरहेको श्रोतले बतायो।

भोलि शनिबार र त्यसपछिका दुई दिन सार्वजनिक बिदा हुने भएकाले आजै अवेरसम्म भए पनि माधव समूहले नयाँ दल दर्ताको प्रमाणपत्र पाउने गरी काम अघि बढेको छ।

श्रोतका अनुसार मावध पक्षले बिहीबार नै नेपाल कम्युनिष्ट पार्टी समाजवादी नाम राख्ने गरी दल दर्ताकाे निवेदन सच्याइसकेका छन्।

यसअघि नेकपा एमाले समाजवादी नाम राखेर निवेदन दर्ता गराइएको भए पनि आयोगले एमालेसँग जुधाएर नयाँ दल दर्ता गर्न नमिल्ने भनेपछि सच्याइएको हो।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ सा‌सदलाई पदमुक्त भएकाे बारे सूचना टाँस गर्न सभामुख अग्नि सापकाेटालाई निरन्तर दबाब दिइरहेकाे छ।

सभामुखलाई दबाब थेग्न सकस परेपछि जतिसक्दाे चाँडाे माधव नेपालकाे दल दर्ता गरेर एमालेकाे कारबाही निष्प्रभावी पार्ने याेजनामा सत्ता गठबन्धन छ।

बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरिसकेकाे छ।

उक्त नियमावली नेपाल राजपत्रमा प्रकाशनमा आएको छ। राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका माधव पक्ष र महन्थ पक्षकाे मागबमाेजिम दल दर्ताको मार्ग प्रशस्त भएको छ।

यसअघि नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP