
कारबाहीको सिफारिस भएका एमालेका १४ सांसदलाई पदमुक्त माग गर्दै सभामुखको च्याम्बरमा पुगेका एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा नभेटेपछि त्यसै फर्किएका छन् । यसअघि बिहीबार एमाले सांसद र सभामुखबीच चर्काचर्की भएको थियो ।
बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएका थिए ।