आइतबार , बैसाख ७, २०८२

हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ। हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरू लिएर हिँडेको बताइएको छ।

अफगानिस्तानको राजधानी काबुलमा सरकारको गुप्तचर एजेन्सी एनडिएसका लागि काम गर्ने अफगानी नागरिक खोजीका लागि तालिबानी लडाकु घरघर पुगेको हो। जलालाबाद र काबुलस्थित भारतीय वाणिज्य दूतावासमा के भइरहेको छ, त्यसको जानकारी प्राप्त भइसकेको छैन। रिपोर्टअनुसार हक्कानी नेटवर्कका झन्डै ६ हजार लडाकुले राजधानी काबुल नियन्त्रणमा लिएको जनाइएको छ। यसको नेतृत्व हक्कानी समूहका प्रमुख सिराजुद्दीन हक्कानीका भाइ अनस हक्कानीले गरेका छन्।

यसैबीच, अफगानिस्तानको बदलिँदो परिस्थिति माझ भारतका विदेशमन्त्री एस जयशंकरले चरमपन्थी संगठन हक्कानी नेटवर्कको गतिविधिबारे संयुक्त राष्ट्र सुरक्षा परिषदमा मुद्दा उठाएका छन्। उनले भनेका छन्, ‘पाकिस्तानमा आधारित लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदजस्ता चरमपन्थी संगठनले निर्भयतासँग प्रोत्साहित हुँदै काम गरीरहेका छन्।’

अफगानिस्तानको सत्ता कब्जामा लिएको तालिबानले भारतसँग क्रुरता देखाइरहेको छ। बिहीबार मात्र तालिबानले भारतसँग व्यापार पनि बन्द गरिसकेको खबर बाहिरिएको थियो।  जसकारण लाखौं डलर बराबरको सामान आयात र निर्यात रोकिएको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP