
ती मध्ये एक जना १९ वर्षीय जकी अनवरी रहेको खुलेको छ। उनले अफगानिस्तानको नेसनल युथ टिममा फुटबल खेलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको बारेमा थप विवरण भने खुलाइएको छैन। न्युयोर्क टाइम्सले भने उनी १७ वर्षको रहेको उल्लेख गरिएको छ।
द अफगान स्पोर्ट सोसाइटीले उनको मृत्युबारे पुष्टि गरेको समाचारहरुमा जनाइएको छ। त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ। भारतीय समाचार पोर्टल भास्करका अनुसार सैफुल्ला होतक नामक डाक्टरको सोही विमानबाट खसेर मृत्यु भएको हो। उनको साथमा जन्मदर्ताको प्रमाणपत्रसमेत भेटिएको भास्करले दाबी गरेको छ।
अमेरिकी सेनाको उक्त जहाजमा ६४० जना अफगानी शरणार्थी रहेको थियो। उक्त जहाज कतारमा अवतरण भएको थियो। भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको अमेरिकी एअर फोर्सले जनाएको थियो।