मंगलबार , अषोज २७, २०८३

अमेरिकी सेनाको जहाजबाट खसेर ज्यान गुमाउन एक जना अफगानी फुटबलर भएको खुलेको छ। काबुलबाट अफगानीहरुलाई उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थलमा खसेका थिए।

ती मध्ये एक जना १९ वर्षीय जकी अनवरी रहेको खुलेको छ। उनले अफगानिस्तानको नेसनल युथ टिममा फुटबल खेलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको बारेमा थप विवरण भने खुलाइएको छैन। न्युयोर्क टाइम्सले भने उनी १७ वर्षको रहेको उल्लेख गरिएको छ।

द अफगान स्पोर्ट सोसाइटीले उनको मृत्युबारे पुष्टि गरेको समाचारहरुमा जनाइएको छ। त्यसैगरी सोही जहाजबाट खसेर ज्यान गुमाउने अर्को डाक्टर भएको बताइएको छ। भारतीय समाचार पोर्टल भास्करका अनुसार सैफुल्ला होतक नामक डाक्टरको सोही विमानबाट खसेर मृत्यु भएको हो। उनको साथमा जन्मदर्ताको प्रमाणपत्रसमेत भेटिएको भास्करले दाबी गरेको छ।

अमेरिकी सेनाको उक्त जहाजमा ६४० जना अफगानी शरणार्थी रहेको थियो। उक्त जहाज कतारमा अवतरण भएको थियो। भोलिपल्ट विमानको पाङ्ग्रामा मानव अंग भेटिएको अमेरिकी एअर फोर्सले जनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP