मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले त्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने रोज्नुपर्ने बताएका छन् ।

एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै आक्रोस पोखे । अझै कागजपत्र हेर्छु भनेको भन्दै उनले नेपाल न्यूज एजेन्सीसँग भनेका छन्, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो ।’

माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिए । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ?’

गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उनले सभामुख रहने कि पार्टी कार्यकर्ताको भूमिकामा फर्किने रोज्न आग्रह गरे । उनले भने, ‘एउटा पार्टीको कार्यकर्ता भएर सभामुख हुन सकिँदैन । सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP