मंगलबार , अषोज २७, २०८३

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाउन लगाएका छन् ।

पूर्ववर्ती प्रदेश प्रमुख राजेश झा अहिराजले पद बहालीसँगै आफ्नो कार्यकक्षमा पृथ्वीनारायण शाहको तस्बिर राख्न लगाएका थिए । नवनियुक्त प्रदेश प्रमुख मिश्रले भने आफ्नो कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिरलाई हटाएका हुन् ।

प्रदेश प्रमुखको कार्यकक्षबाट पृथ्वीनारायण शाहको तस्बिर हटाइएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै नवनियुक्त प्रदेश प्रमुख मिश्रको कडा आलोचना गरेका छन् ।

अध्यक्ष थापाले हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् भनेर टिप्पणी गरेका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल राष्ट्रका निर्माताको सम्मान गर्न नसक्ने वा नचाहने हिन मानसिकता बोक्नेहरूले देशको स्वाभिमान, सार्वभौमिकता र एकता बलियो बनाउन सक्दैनन् । जसले नेपाली नाम र पहिचान दियो, जसको कारण आज पद प्रतिष्ठा पाएका छन्, त्यो महान व्यक्तित्वप्रति गर्व गर्न नसक्नेहरू कायर आत्मसमर्पणवादी हुन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP