मंगलबार , बैसाख २९, २०८३

वि.सं.२०७८ साल भदौ ०४ गते । शुक्रबार । ईश्वी सन् २०२१ अगष्ट २० तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– त्रयोदशी, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– उत्तराषाढा, बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त श्रवण । योग–आयुष्मान, बेलुकी ०४ बजेर ३८ मिनेट उप्रान्त सौभाग्य । करण– कौलव,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त तैतिल, बेलुकी ०७ बजेर ५५ मिनेट उप्रान्त गर । आनन्दादिमा–आनन्द योग ।

चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३५ मिनेट । दिनमान ३२ घडी २६ पला ।

 मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रै आम्दानी हुनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिने हुनाले व्यापार व्यवसायमा थोरै समय लगानी  गर्दा पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । लामो दुरीको अध्ययन यात्रा हुनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।  पढाइ लेखाइमा अरूभन्दा पछि परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरू सक्रिय हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  इमान्दारिता पूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउन सहज हुनेछ । साङ्गठनिक टिम निर्माण गरी काम गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पत्तिहरू जोड्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रतिस्पर्धामा तपार्ईँकै जित हुनेछ भने सहयोगीको साथ पाइने हुनाले नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । आफन्त तथा मावलीको साथ पाइने हुनाले दैनिकी थप सहज हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक वस्तुहरुको प्रयोग गर्न पाइने तथा आकस्मिक धन सम्पत्ति प्राप्त हुने हुँदा सुख सागरमा रमाउने समय रहेको छ । छुट्टिएका माया प्रेमहरू पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ प्रेम प्रस्ताव आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  राजनीति तथा समाजसेवामा अलि बढी गम्भीरता अपनाउनु होला आलोचना गर्नेहरू सक्रिय रहनेछन् । प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइने ग्रह योग रहेको छ । दाजुभाईहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कुटुम्बसँगको सम्बन्ध थप सुमधुर भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जानेछ भने प्रतिस्पर्धीहरुलाई सजिलै हराई नतिजा जित्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक व्यवस्थापन सुदृढ हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मनजाने हुनाले अन्य दिनभन्दा सुधार भएर जानेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि भने समय मध्यम रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । शिक्षा भनेजस्तो गतिमा लान सकिनेछ भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP