सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।
प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रीका अनुसार शर्मा नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।