मंगलबार , अषोज २७, २०८३

सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई सिफारिस गरेको छ । विहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको हो ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रीका अनुसार शर्मा  नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधव नेपालनिकट हुन्।

०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा ला स्वकीय सचिव बनेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववत् सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।

यसअघि लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भएका थिए । अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश १ , सुदूरपश्चिम र कर्णाली प्रदेश प्रमुख मात्र हटाउन बाँकी छ ।

गण्डकी र प्रदेश २ मा काँग्रेस निकट गुरुङ र मिश्र प्रदेश प्रमुख बनेका छन् । यस्तै लुम्बिनीमा माओवादी निकट शेरचना र बागमतीमा माधव नेपाल निकट शर्मा प्रदेश प्रमुख बनेका छन् । देउवाले नियुक्त गर्न बाँकी तीन जना प्रदेश प्रमुखमा माओवादी, एमाले समाजवादी र जसपाले एक एक प्रदेश प्रमुख पाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP