मंगलबार , अषोज २७, २०८३

प्रधानमन्त्री शेरबहादुर देउवाले यसै हप्ता मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । उनले मन्त्रिमण्डलमा उपप्रधानमन्त्री नराख्ने अडान लिएका छन् । तर, नेपाली काँग्रेस, नेकपा एमाले समाजवादी र जनता समाजवादी पार्टीका प्रभावशाली नेताहरु मन्त्रीका आकांक्षी बनेपछि देउवामाथि उपप्रधानमन्त्री बनाउन दबाब परेको छ ।

काँग्रेसबाट पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई सरकारमा लाने तयारी भएको छ । कोइराला परिवारले उनको नाम सारेको छ । विगतमा उपप्रधानमन्त्री भइसकेकी सुजातालाई उपप्रधानमन्त्री बनाउन देउवालाई दबाब छ । सुजातालाई रोक्न पनि उपप्रधानमन्त्री नबनाउने देउवाको रणनीति हुनसक्ने चर्चा छ ।

नेकपा एमाले समाजवादीबाट बामदेव गौतमको नाम अगाडि सारिने भएको छ । गौतमले आज मात्र माधव नेपाललाई साथ दिने घोषणा गरिसकेका छन् । उनलाई सरकारमा पठाउनेबारे माधव नेपाल पनि सकारात्मक भएको बुझिएको छ । तीनपटक उपप्रधानमन्त्री भइसकेका बामदेव मन्त्री मात्र बनेर सरकारमा जाने सम्भावना नहुन सक्छ । त्यसैले पनि देउवामाथि उपप्रधानमन्त्री बनाउने दबाब छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सरकारमा जाने इच्छा गरिरहेका छन् । उनलाई जसपाभित्रैबाट रोक्ने प्रयास भइरहेको छ । त्यसैले जसपाको एउटा पक्षले सरकारमा उपप्रधानमन्त्री नराख्ने सुझाव देउवालाई दिएको छ । तर, काँग्रेस र एमाले समाजवादीबाट उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी जनाएमा यादव पनि उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP