मंगलबार , अषोज २७, २०८३

अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेली र अनुसन्धानकर्ता डा न्याथन ब्रायनले नेपाललाई १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराउने भएको छ।

बसन्त चौधरी फाउण्डेशन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन हेल्थको पहलमा उनीहरुले करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोटल नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उपलब्ध गराउने भएको हो।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डाइटरी सप्लीमेन्टका अनुसन्धानकर्ता डा ब्रायनले अमेरिकामा उक्त सप्लीमेन्टको प्रयोगले कोभिड १९ का बिरामीहरुमा सकारात्मक प्रभाव पारेको पाइएको बताए।

कोरोना संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने उक्त सप्लीमेन्टले अस्पताल भर्ना हुनबाट जोगाउने उनले बताए। उनका अनुसार यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ।

डाइटरी सप्लीमेन्टको प्रयोगले उच्च जोखिममा रहेका वा पर्न सक्नो कोभिड संक्रमितको ज्यान बचाउन उपयोगी हुने शेलीले बताए। नेपालमा कोरोना संक्रमित दैनिक बढीरहेको भन्दै उनले यो सप्लीमेन्ट सहयोग स्वरुप उपलब्ध गराएको उनको भनाई छ।

नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट भएकाले चिकित्सकको प्रेस क्रिप्सन र औषधि व्यवस्था विभागको अनुमतिको आवश्यक नपर्ने बसन्त चौधरी फाउण्डेशनका अध्यक्ष बसन्त चौधरीले बताए। उक्त सप्लीमेन्ट नेपाल आउन दुई महिना लाग्ने र सरकारसँगको समन्वयमा वितरण गरिने उनले जानकारी दिए।

नाइट्रिक अक्साइड डाइटरी सप्लीमेन्ट उच्च रक्तचाप, मधुमेह, मृर्गौला रोग सम्बन्धी रोग लगायतका बिरामीहरुमा १० वर्षदेखि प्रयोग गरिदै आएको छ।

यस्तै, डा न्याथन ब्रायनले हालै मात्र अमेरिकामा कोरोना भाइरस विरुद्धको नोभरिसिड नामको औषधिको बनाएका छन्। अमेरिकामा उक्त औषधिको तेस्रो चरणको क्लिनीकल ट्रायल हाल चलिरहेको छ। नेपालमा पनि यो औषधिको क्लिनीकल ट्रायल गर्ने तयारी भएको चौधरीले बताए। क्लिनीकल ट्रायलका लागि सरकारसँग अनुमति लिने प्रक्रियामा रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP