मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई साथ दिएका नेताहरुलाई एमालेमा फर्किन अपिल गरेका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नयाँ दल दर्ताको निवेदनबाट आफ्नो नाम फिर्ता लिन आग्रह गरेका हुन् ।

उनले नयाँ दल दर्ताको लिष्टबाट आफ्नो नाम कटाएर पार्टीमा आउन आग्रह गर्दै मिहिनेतले बनाएको पार्टीमा मिलेर काम गर्न अपिल गरेका हुन् । उनले भने- ‘त्यो लिस्टबाट नाम कटाएर आउनुस, तपाईं हामीले बनाएको पार्टी हो, मिलेर काम गरौं । कसैको व्यक्तिगत स्वार्थ, अहंकार, कुण्ठा र इर्श्याका लागि पार्टी र आन्दोलनलाई कमजोर बनाउनु हुन्न ।’

अध्यक्ष ओलीले एमालेलाई फुटाउन नै सरकारले अध्यादेश ल्याएको आरोप लगाउदै आफुहरुले अलिकति मिहिनेत गरेमा नेपाल पक्षमा २० प्रतिशत पनि नपुग्ने दाबि गरे । नेता नेपाललाई अध्यक्ष पद चाहिएर नयाँ दल दर्ता गरेको बताउदै ओलीले एमाले अचानक बनेको पार्टी नभएकोले यसले कुनै फरक नपर्ने बताए । आफ्नो कार्यकालमा देशमा धेरै विकासका काम भएकाले त्यसलाई लिएर अब जनतामा जाने बताए ।

अध्यक्ष ओलीले अहिले पनि आफुहरु बलियो र देशको ठुलो पार्टी रहेको दाबि गर्दै आगामी निर्वाचनमा बहुमत ल्याएर फेरी सरकार बनाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP