
बिहीबारको मन्त्रिपरिषद बैठकले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज सिंहदरबारमा बसेको बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै सरकारले भदौ ७ गते गाईजात्राका दिन नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको छ।
यसअघि गाईजात्रामा काठमाडौं उपत्यकाभित्र मात्र बिदा दिने गरिएको थियो ।