मंगलबार , बैसाख २९, २०८३

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने अनुमान छ ।

अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् मानन्धरले बताउनुभयो । आज राति प्रदेश-१, प्रदेश-२, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, भोलि वाग्मती प्रदेशसहित प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्नेछ ।

अहिले नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने बङ्गालको खाडीमा बनेको निम्न चापीय प्रणालीको प्रभाव पनि परेकाले आज देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP