मंगलबार , असार २३, २०८३

सिड्नी- अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ ।

सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ ।

सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् ।

सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेकोे थियो ।

सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

‘त्यसैगरि दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,’ अष्ट्रेलियाका विभिन्न भागमा आगामी दिनमा अझ बढी गर्मी हुने पूर्वानुमान गरिएको मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले बताउनुभयो ।

अष्ट्रेलियाको दक्षिणी क्षेत्र ग्रिफिथ्स र माइल्दुरामा नोभेम्बरका दिनहरूमा तापक्रम अत्यधिक रहेपनि शनिबार सबैभन्दा धेरै क्रमशः ४३.२ र ४५.७ डिग्री सेल्सियससम्म पुगेको थियो ।

गर्मी उच्च हुन थालेपछि वस्ती नजिकका जङ्गल वरपर आगो नबाल्न अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका छन् ।

अष्ट्रेलियामा सन् २०१९ को अन्त्य र सन् २०२० को सुरुमा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा ३३ मानिससहित तीन अर्ब प्राणीले अकालमा मृत्यु वा विस्थापित भएको घटना ताजै रहेपनि यो वर्ष पनि अत्यधिक गर्मीसँगै डढेलोका घटना बढ्नसक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका हुन् ।

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् ।

गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP