सोमबार , अषोज २६, २०८३

माधव नेपालले दर्ता गर्न लागेको नयाँ दलको चुनाव चिन्हको विषयमा लफडा भएको छ । नेकपा एमाले (समाजवादी) नाम दिइएको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब उन्नत लोकतान्त्रिक पार्टी नामक दलसँग मिलेपछि लफडा भएको हो । आफ्नो दलको यो चिन्ह लिएर माधव नेपालले दल दर्ता गर्न खोजेपछि ध्यानाकर्षणका लागि सो दलका नेता निर्वाचन आयोग पुगेका छन् ।

सो दलका केन्द्रीय सदस्य बोधराज न्यौपानेले आफ्नो पार्टीको चुनाव चिन्ह मिल्न गएको भन्दै ध्यानाकर्षणका लागि आफू निर्वाचन आयोग पुगेको जानकारी दिए । निर्वाचन आयोगमा यसअघि नै नेपाल समूहका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री दल दर्ताको निवेदन लिएर पुगेका थिए ।

यद्यपी दल दर्ता भएर दर्ता नम्बर भने दिइसकेको छैन । ‘निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्दा हामीले खुला छड्के किताब चिन्हका लागि प्रस्ताव गरेका छौँ’ न्यौपानेले भने, ‘सामाजिक सञ्जालमा फुटेको नेकपा एमालेले त्यो चिन्ह आफ्नो भनेको थाहा पाएपछि हामी ध्यानाकर्षण गराउन आएका छौं ।’ न्यौपानेले सञ्चारकर्मीसँग भने ।

न्यौपानेका अनुसा ०७८ साउन ११ मा सो पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । दर्ता भइसकेपछि आधिकारिक रुपमा प्रमाणपत्र भने पाउन बाँकी रहेको उनले बताए । साथै, आफूहरुको ध्यानाकर्षणलाई बेवास्ता गरेर नेपाल समूहलाई सो चिन्ह दिइए आफूहरु सर्वोच्च अदालत जाने चेतावनी न्यौपानेले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP