सोमबार , बैसाख ८, २०८२

माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी) पार्टीमा ३१ जना सांसद रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । त्यस्तै उनले साविक एमालेका ५८ जना केन्द्रीय सदस्यसहित ९५ जनाको नयाँ पार्टीको केन्द्रीय समिति रहेको जानकारी दिए । नेता नेपालको अध्यक्षतामा गठन भएको नयाँ पार्टीमा नेता झलनाथ खनाल वरिष्ठ नेताका रुपमा रहेका छन् ।

दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए । त्यस्तै उनले नेकपा एमालेमा रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । ‘एमालेमा रहेका साथीहरुसँग रहेका साथीहरुसँग हाम्रो व्यवहार शत्रुतापूर्ण रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गर्छु’ पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुनसक्छ तर ओलीसँग पार्टी एकता हुँदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP