सोमबार , बैसाख ८, २०८२

केपी ओली पक्षीय युवा संघले सरकारले ल्याएको दल विभाजन सम्बन्धी विधेयकविरुद्ध प्रदर्शन गरेको छ ।

मंगलवार काठमाडौंको बानेश्वर चोकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधर संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको बिरोध प्रदर्शन गरेको हो ।

 युवा संघ नेपालले नेकपा एमाले जिन्दावाद, मापसे सरकार मुर्दावाद, दल विभाजनसम्बन्धी विधेयक खारेज गर, विदेशी दलाल शेरबहादुर देउवा मुर्दावाद जस्ता नारा लगाएर बिरोध प्रदर्शन गरेका हुन् ।

 युवासंघले प्रदर्शनको क्रममा प्रहरीमाथि ढुङ्गामुढा समेत गरेको थियो । सरकारले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकबाट केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP