सोमबार , अषोज २६, २०८३
हरेक छोरीका निम्ती आमा बेष्ट फ्रेण्ड हुन्छिन् । आमाका धेरै गुण छोरीमा देखिने गर्दछ । यतिमात्र होइन, केहि छोरीहरु आमा जस्तै हुबहु देखिने समेत गर्दछन् ।

यस मामलामा बलिउडका केहि अभिनेत्री समेत पर्दछन् । आमाको लुक्सको कार्बन कपी झै देखिने यी अभिनेत्रीका बारेमा आज हामी चर्चा गर्नेछौ ।

१. शर्मीला टैगोर र छोरी सोहा अली खान
बलिउडमा आमा छोरीको चर्चामा अग्रंपक्तिमा आउने नाम हो, शर्मीला टैगोर र छोरी सोहा अली खान । सोहा, आमा शर्मीलाको कार्बन कपी झै देखिन्छिन् ।

२. अमृता सिंह र छोरी सारा अली खान
आमाको कार्बन कपी झै देखिने अर्की अभिनेत्री हुन् सारा अली खान । भारतको पटौदी खानदानकी बुहारी अमृता सिंहको अनुहारसंग साराको अनुहार हुबहु मिल्दछ ।

३. डिम्पल कपाडिया र छोरी ट्विंकल खन्ना
नातामा आमाछोरी रहेकी ९० को दशकयता चर्चामा रहेकि अभिनेत्री ट्विंकल खन्नासंग ९० को दशक अगाडीको चर्चाकी अभिनेत्री डिम्पल कपाडियाको अनुहार पनि मिल्दछ ।

४. हेमा मालिनी र छोरी ईशा देओल
आफ्नो समयकी बलिउडकी नम्बर १ हिरोइन हेमा मालिनीसंग उनकी छोरी ईशा देओलको अनुहार पनि हुबहु मिल्दछ । ईशा बलिउडमा खासै जम्न सकिनन् ।

५. पूजा बेदी र छोरी अलाया फर्निचरवाला
अभिनेत्री पूजा बेदी समेत आफ्नो समयमा निकै चर्चाकी अभिनेत्री थिइन् । उनकी छोरी अलाया फर्नीचरवाला हुबहु आमा जस्तै देखिन्छिन् ।

६. सारिका र छोरी श्रुति हासन
साउथ सुपरस्टार कमल हासनकी श्रीमती सारिकासंग उनकी छोरी श्रुतीको अनुहार हुबहु मिल्दछ । श्रुति हासन आमाको कार्बन कपी झै देखिन्छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP