मंगलबार , असार २३, २०८३

– राजन घिमिरे

पछील्लो समय प्रबासमा नेपालीहरू बिभिन्न पेशा र ब्यबसाय तर्फ अग्रसर हुन थालेका छन । अरूको काम भन्दा पनि आफ्नै ब्याबसाय गर्न तर्फ उत्साहित हुनाले प्रबासमा नेपालीहरूको ब्याबसायले बिस्तारित रूप पनि पाईरहेको छ ।

यसै क्रममा अस्ट्रेलियाको सिड्नी स्थित कोग्रामा दुई नेपाली युवा प्रकाश सुबेदी र सागरजंग बहादुर राणाको लगानीमा आधुनिक किसिमको बिशुद्द नेपाली बिशेषता बोकेको रोयल दरबार रेस्ट्रो नामक र्रेष्टुरेण्ट संचालनमा आउंने भएको छ । प्रकाश पोखराका हुन भने सागर काठमाण्डौका हुन । रेष्टुरेण्ड लकडाउंन खुलेपछी सन्चालनमा आउंने बताइएको छ ।

केही बर्ष यता अष्ट्रेलियाको सिड्नीमा नेपालीहरूको बस्ती बाक्लिदै जानु र यही कुरालाई मध्यनजर गरेर नेपालीहरूकै लगानीमा रेष्टुरेण्टहरू सन्चालनमा आउंनुलाई सकारात्मक रूपमा लिइएको छ ।

प्रबासमा नेपालकै स्वाद र परिकारलाई प्राथमिकतामा राखिने जानकारी दिइएको छ -‘ हामी नेपालकै स्वाद र परिकार प्रबासमा खुवाउंने उद्देश्यले लागि परेका छौ । यसमा हामीलाई साथ र समर्थन पनि मिल्ने बिस्वास छ -‘ सन्चालकहरू सुबेदी र राणाले बताए ।

डेढ करोड नेपाली लगानीमा संचालनमा आउन लागेको यो रेस्टुरेण्टमा करिब ६० जना एकैपटक बसेर खान मिल्ने ब्यबस्था गरिएको छ । २० जनालाइ सुरूवातमा रोजगारी समेत दिन लागिएको बताइएको छ । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नी स्थित कोग्रामा सन्चालन गर्न लागिएको यो रेष्टुरेन्ट सिड्नीमा नेपाली स्वाद र परिकारमा रमाउंन चाहनेहरूको लागि उत्कृष्ट हब बन्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP