मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियन सरकारले मान्यता दिएको खोप लगाएका विदेशी विद्यार्थीलाई आगामी वर्ष २०२२ को मध्यदेखि अष्ट्रेलिया प्रवेशको अनुमति दिने सम्भावना बढेको छ ।

कोभिडको डेल्टा भेरियन्टबाट थलिएको अष्ट्रेलियाले आफ्ना सम्पूर्ण नागरिकलाई कोरोना विरुद्धको खोप लगाईसकेपछि सरकारले तोकेको मापदण्ड पूरा गरेका विदेशी विद्यार्थीलाई भित्र्याउन सुरु गर्ने संभावना रहेको केन्द्रीय सरकारका अध्यागमन, नागरिकता तथा आप्रवास सम्बन्धी मन्त्री एलेक्स हकले बताएका छन् ।

अस्ट्रेलियन एजुकेशन कन्सलटेन्ट अलाइन्स (एका) ले जुममार्फत गरेको अन्तरक्रियामा मन्त्री एलेक्स हकले भनका छन्– ‘सरकारी निकायले मान्यता दिएको खोप लगाएका विद्यार्थीहरुलाई ल्याउनु हाम्रो प्राथमिकता हुनेछ । त्यसका लागि अनिवार्य रुपमा ‘डिजिटल भ्याक्सिनेसन पासपोर्ट’ हुनुपर्ने लगायतका मापदण्ड तोक्न सकिनेछ । विद्यार्थीलाई अष्ट्रेलिया भित्र्याउने विषयमा गम्भीर छौ । तर सुरक्षाका सवै मापदण्ड अपनाउँदा अर्काे वर्ष सन् २०२२ को मध्य अर्थात जुन/जुलाईमा उच्च शिक्षा अध्ययनका लागि आउन चाहने विद्यार्थीले प्रवेशाज्ञा पाउन सक्नेछन् । ’
अस्ट्रेलियाले फाइजर, अस्ट्राजेनिका र मर्डोना खोपलाई मात्र आधिकारिक भ्याक्सिनको मान्यता दिएको छ । अध्यामगन मन्त्री हकले केही राज्यले पाइलट प्रोगाम अन्तर्गत भिसा लागेको र उतैबाट अनलाईन पढिरहेका विद्यार्थीलाई प्रवेश दिने योजनालाई प्राथमिकतामा राख्न सक्ने बताएको कार्यक्रमका सहजकर्ता एवं एकाका महासचिव कोमलराज पाठकले बताए ।

अध्यागमन मन्त्री हकसंगको साक्षात्कारले विद्यार्थी र शैक्षिक व्यवसायीहरुको चासोलाई सम्बोधन गरेको बताउँदै एकाका अध्यक्ष भूपाल सिटौलाले भने– ‘ सरकारको अध्यागमन नीति लगायतका विविध विषयमा जुन किसिमले छलफल भयो, त्यसले हामी सवैलाई उत्साहित बनाएको छ ।’
अष्ट्रेलियाका शैक्षिक उद्योग सञ्चालक र परामर्शदार्ताहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा उपस्थित अतिथि र सहभागीहरुलाई व्यवसायी एवं सामाजिक अभियन्ता विवेक थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा व्यवसायीहरु दीपक खड्का, मन केसी (खत्री), पर्शुराम अधिकारी, सत्यप्रकाश कँडेल, राज जोशी, योगेन्द्र पौडेल, रञ्जु थापा, निरज श्रेष्ठ, हिरा कँडेल, सूर्यभक्त खनाल, उमेश खड्का, सञ्जीव पाण्डे, केशव सापकोटा, सिके भुसाल, भवानी ओली, भीम खरेल, नारायण तिवारी, प्रदीप ढकाल, महेन्द्र ओली, बद्री अर्याललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP